scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

सर्लाहीमा प्रेसको दुरुपयोग: महासंघले गर्‍यो कारबाहीको माग


एसपी यादव/सर्लाही, ५ जेठ । लकडाउनको समयमा पत्रकार हुँदै नभएका गैर पत्रकारहरुले सवारी साधनमा अनधिकृतरुपले प्रेस लेखी निर्वाधरुपमा आवतजावत गर्न थालेका छन् ।

यसरी प्रेसलाई अनधिकृतरुपले प्रयोग गर्नुका साथै प्रेसलाई नै ढाल बनाएर अपराधिक गतिविधिमा समेत संलग्न रहेको एक भारतीय र एक नेपाली गरी दुईजनालाई गत शनिबार सर्लाही प्रहरीले पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेसँगै सर्लाहीमा प्रेसको दुरुपयोग हदैसम्म हुने गरेको रहस्य खुलेको हो ।

पक्राउ परेका उनीहरुसँग प्रेस लेखिएको भारतिय नम्बर प्लेटको मोटरसाइकल र अबैध हतियारहरुमा एक थान चाईनिज पेस्तोल र त्यसमा लाग्ने म्याग्जिन १ थान र गोली ५ राउण्ड त्यस्तै एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोली एक थान बरामद गरिएको थियो । पक्राउ परेका उनीहरु पेशेवर अपराधी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी गराएको थियो ।

Dish_Home

सर्लाही जिल्लामा गैर पत्रकारले प्रेसको दूरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघ सर्लाही शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

लकडाउनको समयमा सञ्चार क्षेत्रमा कामै नगर्ने व्यक्तिहरु पनि यसरी प्रेसको दुरुपयोग गर्दै आएकोले त्यस्ता व्यक्ति र उसले प्रयोग गरेको सवारी साधन समेत तुरुन्त नियन्त्रणमा लिएर कानुनबमोजिम आवश्यक कारवाही गर्न स्थानीय प्रहरी प्रशासनसँग नेपाल पत्रकार महासंघ सर्लाही शाखाले माग गरेको छ ।

शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले यसरी अनधिकृतरुपले प्रेसलाई दुरुपयोग गर्ने गैर त्रकारलाई कुनै पनि हालतमा छुट नदिइने बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय