scheduleमगलवार जेष्ठ १३ गते, २०७७

गुल्मीका संक्रमित दमको रोगी शिक्षक, तिलोत्तमा क्रमिसन अस्पताल सिल

रुपन्देही, ५ जेठ । गुल्मीमा कोरोना संक्रमण देखिएको मानिस गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षक रहेको खुलेको छ । उनी आइसियुमा उपचाररत बिरामी समेत रहेको थाहा भएको छ । कोरोना पुष्टि भएपछि थप उपचारका लागि उनलाई भैरहवास्थित भीम अस्पताल लगिएको छ ।

उनी उपचाररत रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल सिल गरिएको छ । अस्पताल स्रोतका अनुसार उनी दमको रोगी भएकोले अवस्था गम्भीर रहेको छ ।

Dish_Home

उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई जेठ १ गते अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार स्वाब संकलन गरी परीक्षण गर्न भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी गुल्मीबाट अर्घाखाँची हुँदै बुटवलको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनले गुल्मीमा स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षणपछि अर्घाखाँचीस्थित छायाँ मेडिकल हलमा परीक्षण गराएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय