scheduleमगलवार जेष्ठ १३ गते, २०७७

धादिङमा ३ जना सुरक्षाकर्मीसहित ६ जनामा आरडिटि पोजेटिभ भेटियो


धादिङ, ५ जेठ । धादिङमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ । सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी दुई सय ३० जनाको आरडिटी परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीका अनुसार धादिङबेसीमा एक सय १४ जना, गजुरीमा ७५ जना, गल्छीमा ३५ जना ज्वालामुखीमा ६ जनाको परीक्षण गरिएकोमा ६ जनाको पोजेटिभ भेटिएको हो ।

जिल्लाको गजुरीमा गरिएको परिक्षणमा तीनजना सुरक्षाकर्मीमा आरडिटी रिपोर्ट पोजेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिए । त्यस्तै धादिङबेसीमा पनि तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

Dish_Home

गजुरीमा सुरक्षाकर्मी ४३ जना, क्वारेन्टाइनका काम गर्ने, एम्बुलेन्स चालक एक/एक जना, जनप्रतिनिधि ५ जना, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको आरडिटी परिक्षण गरिएको रेग्मीले जानकारी दिए ।

आरडिटी पोजेटिभ देखिएपछि परिक्षणका लागि टेकु लैजाने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय