scheduleसोमवार जेष्ठ १२ गते, २०७७

गम्भीर आरोपसँगै नवाजुद्दिन सिद्दिकीलाई श्रीमतीले पठाइन् सम्बन्धविच्छेदको सूचना


एजेन्सी, ६ जेठ । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी केही दिन यता श्रीमती आलिया सिद्दिकीसँग डिभोर्सको कारण चर्चामा छन् । यसैबीच लकडाउनकै समयमा उनकी श्रीमती आलियाले उनलाई डिभोर्सको नोटिस पठाएकी छिन् ।

हाल नवाजुद्दिन आफ्नो गाउँ बुढानामा छन् । उनको श्रीमतीसँग डिभोर्सको चर्चा लामो समयदेखि चलिरहेको थियो ।

आलिायाले मुरादाबादका अधिवक्ता अभय साहको माध्यमबाट नवाजुद्दिनलाई उक्त कानुनी सूचना पठाएकी थिइन् । अधिवक्ता शाहको अनुसार आलियाले श्रीमान् नवाजुद्दिनमाथि गम्भीर प्रकृतिको आरोप लगाएकी छिन् । तर मुद्दा के हो भन्ने विषयमा अभिवक्ता साहले मिडियासँग केही खुलासा गरेनन् ।

Dish_Home

हाल नवाजुद्दिन सिद्दिकी मुजफ्फरनगरस्थित आफ्नो पुरानो गाउँ बुढानामा बसिरहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय