scheduleबिहिवार मंसिर १८ गते, २०७७

माइक्रोसफ्टका सीईओको निष्कर्ष- वर्क फ्रम होमले गम्भीर परिणाम निम्त्याउन सक्छ


एजेन्सी, ६ जेठ । कोरोना संक्रमणका कारण विश्व अहिले लकडाउनमा छ । विश्वभरीका अधिकांश कम्पनिहरुले आफ्नो कर्मचारीलाई वर्क फ्रोम होम अर्थात् घरबाटै काम गर्ने सुविधा दिएका छन् । यसबीच गुगल र फेबसुकले आफ्ना कर्मचारीहरुलाई २०२० को वर्षको अन्त्यसम्म घरबाट काम गर्ने सुविधा दिने बताएको छ ।

यस्तै माइक्रोब्लगिङ साइट ट्वीटरका सीईओ ज्याक डाँर्सीले पनि आफ्ना कर्मचारीहरुले चाहेको खण्डमा अवकाश लिने समयसम्मै घरबाट काम गर्न सक्ने बताएका छन् । तर अपवादमा माइक्रोसफ्टका सीईओ सत्या नडेला सबै अन्य कम्पनीको सीईओभन्दा फरक राय राख्छन् ।

सधैं घरबाट काम गर्नु राम्रो नहुने नाडेलाको तर्क छ । वर्क फ्रोम होमको संस्कृतिले कर्मचारीहरुको सामाजिक सम्पर्क र मानसिक स्वास्थमा गम्भीर असर पर्ने उनी बताउँछन् । सत्या नाडेलाले न्यूयोर्क टाइम्ससँगको अन्तरवार्तामा भिडियो कन्फ्रेन्सले कुनै पनि हालतमा अफिसमा हुने बैठकको ठाउँ लिन नसक्ने बताउँछन् ।

उनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘घरबाट काम गर्दा कर्मचारीहरु आफ्नो समाजभन्दा टाढा बस्ने गर्छन् । उनीहरुको सामाजिक सुत्र समाप्त हुनसक्छ । यसबाहेक घरबाट काम गर्दा कर्मचारीहरुको मानसिक तथा शारीरिक स्वास्थमा पनि असर पर्दछ । आज हामी महामारीका कारण घरबाट काम गर्दैछौं । तर सदा दिन यो राम्रो कुरा होइन ।’

तर महामारीको कारण संसारमा धेरै कुरा परिवर्तन भएको उनी स्वीकार्छन् । आउने दुई वर्षमा देखिन परिवर्तन मात्र यो दुई महिनामा देखिएको छ । संक्रमणका कारण डिजिटल क्षेत्रमा ठूलो र तीव्र परिवर्तन आएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay