scheduleमगलवार जेष्ठ १३ गते, २०७७

प्रिमियर लिगः सानो समुह बनाएर क्लबले मंगलबारबाट अभ्यास गर्न पाउने

काठमाडौँ, ६ जेठ । प्रिमियर लिग क्लबले मंगलबारबाट सानो सानो समूह बनाएर प्रशिक्षण थाल्ने अनुमति पाएका छन् । मार्चबाट स्थगित रहेको प्रिमियर लिग आउने जुनबाट सुरु हुने तयारी रहेको छ । यस सिजनको प्रिमियर लिग जुनबाट सुरु गर्ने तयारी रहेका बेला अब सानो सानो समुह बनाएर प्रशिक्षण गर्न पाउने अनुमति पाएका हुन् ।

सोमबार बसेको क्लबहरुको बैठकले मार्चदेखि रोकिएको प्रशिक्षक मंगलबारबाट सुरु गर्ने निर्णय गरेको हो ।

Dish_Home

प्रिमियर लिगको प्रोजेक्ट रीस्टार्टलाई प्राथमिकतामा राखेर एकपछि अर्को निर्णय गरिएको छ ।

तर, प्रिमियर लिगका केही खेलाडीहरु भने महामारीका कारण खेल्न डराइरहेको प्रतिक्रिया दिदैँ आइरहेका छन् । यस सिजनको प्रिमियर लिगका ९२ खेल खेल्न बाँकी रहेका छन् ।
लिगलिडर लिभरपुलले प्रिमियर लिग उपाधि जित्न दुई खेल जिते हुन्छ ।

लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय