scheduleमगलवार जेष्ठ १३ गते, २०७७

हाल्याण्ड डोर्टमण्डमा खुसी छन्

काठमाडौँ, ६ जेठ । बोरुसिया डोर्टमण्डका स्टार खेलाडी हुन् इर्लिंग हाल्यण्ड । नर्वेजियन फरवार्ड पछिल्लो समय निकै चर्चामा रहेका छन् । यस सिजनमात्रै डोर्टमण्डमा अनुबन्ध भएका उनलाई प्रतिष्ठित क्लबहरुले अनुबन्ध गर्न चाहेका छन् ।

रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, लिभरपुल जस्ता क्लबहरुले उनलाई अनुबन्ध गर्न चाहिरहेका छन् । तर, उनी सन् २०२२ सम्म डोर्टमण्डमा नै रहने बताइएको छ ।

Dish_Home

क्लबसँगको उनले २०२२ सम्म रहने मौखिक सहमति गरेको बताइएको छ । उनलाई अनुबन्ध गर्न सबैभन्दा बढी इच्छा देखाएको क्लब हो रियल मड्रिड ।

रियलले उसलाई सन् २०२२ पछि अनुबन्ध गर्न चाहेमा झण्डै १०७ मिलियनभन्दा बढी रकम तिर्नुपर्ने बताइएको छ ।

यस सिजन उनले डोर्टमण्ड र रेडबुल साल्र्जबर्गका लागि ३४ खेल खेलिसकेका छन् ।

उनले यस सिजन ४१ गोल गरिसकेका छन् । डोटमण्डमा अनुबन्ध भएपछि उनले ८ खेलमा १३ गोल गरिसकेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय