scheduleसोमवार जेष्ठ १२ गते, २०७७

‘बार्सिलोनाले नेयमारभन्दा पनि यी दुई खेलाडी अनुबन्ध गर्नुपर्छ’

काठमाडौँ, ६ जेठ । पुर्व बार्सिलोना खेलाडी जाभी हर्नानडेजले पिएसजीका फरवार्ड नेयमारभन्दा पनि आर्सनलका फरवार्ड पेरी इमरिक आयुबेमियाङ वा लिभरपुल फरवार्ड साडियो माने बार्सिलोनाले अनुबन्ध गर्नुपर्ने बताएका छन् ।

अल सदका प्रशिक्षक जाभी बार्सिलोना फर्कने सपना बुनिरहेका छन् । नेयमार तीन सिजन अगाडि बार्सिलोना छोड्दै पिएसजी हानिएका थिए । पछिल्लो समय उनी बार्सिलोना फर्किने तयारीमा रहेको बताइएको थियो ।

Dish_Home

 

तर, उनलाई पुनः अनुबन्ध गर्नु भन्दा पनि माने वा आयुबेमियाङलाई अनुबन्ध गर्न उचित रहेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘बार्सिलोनामा अनुबन्ध भएपछि सबैभन्दा ठुलो कुरा उक्त क्लबको खेल्ने शैली चाँडो सिक्नु हो । सामुअल इटो र लुइज स्वारेज यस कुरामा सफल रहे । त्यस्तै खेलाडीको खोजीमा बार्सिलोना रहेको छ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय