scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोनाले होइन, अन्य जटिलताले दुईजनाको मृत्यू भयोः प्रम ओली (भिडियो)

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा दुईजनाको मृत्यू कोरोनाको कारणले भन्दा अन्य जटिलताको कारणले भएको बताएका छन् ।

मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा ओलीले उक्त कुरा बताएका हुन् ।

Dish_Home

के भने ओलीले ?
आज हामी एउटा असहज र असामान्य अवस्थामा छौं । कोभिड-१९ अथवा कोरोना भाइरसको महामारी नेपालमा पनि प्रवेश गरेको छ । नेपालीहरुमा पनि संक्रमण भएको छ र त्यसै कारणले नभए पनि अन्य कुराहरुको कम्पिकेसनको साथ भए पनि दुईजनाको नेपालमा निधन भएको छ । म दुःख व्यक्त गर्न चाहन्छु ।

वास्तवमा यो हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो प्रयास विभिन्न कारणहरुले असफल भएको छ र दुईजनाको निधन भएको छ ।

यद्यपि, कोरोनाभन्दा अरु बिरामीहरुको जटिलताको कारणले निधन भएको हुनसक्छ । तर, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जुनसुकै बिमारीले निधन भए पनि यदि कोरोना संक्रमित भइसकेको अवस्था छ भने कोरोनाबाटै निधन भएको मान्नुपर्छ भन्ने कारणले हामीले त्यसलाई त्यसैरुपमा लिनुपर्दछ ।

हेर्नुहोस् भिडियो-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय