scheduleसोमवार जेष्ठ १२ गते, २०७७

अमेरिकन कम्पनी भन्छ- कोरोनाविरुद्धको खोपको परीक्षण सफल भयो

काठमाडौं, ६ जेठ । अमेरिकामा एक औषधि कम्पनीले कोरोनाविरुद्धो खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ ।

बीबीसीमा प्रकाशित खबरका अनुसार अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका आठ ना मानिसमा कोरोना भाइरसलाई मार्न सक्ने एन्टिबडी विकास भएको पाइएको दाबी गरेको हो ।

Dish_Home

अनुसन्धानमा सहभागी मानिसमा प्रतिरक्षा प्रतिक्रिया वास्तविकरुपमा कोभिड–१९ बाट संक्रमित मानिस बराबर पाइएको कम्पनीले जनाएको छ ।

यो खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल हुने/नहुने निश्चित गर्न आगामी जुलाई महिनामा यसको परीक्षण शुरु हुने कम्पनीले जनाएको छ । अहिले संसारभर कोरोना भाइरसको खोप निर्माणको काम झण्डै १०० भन्दा स्थानमा अनुसन्धान भइरहेको छ ।

यो खोप तयार भएपछि मानिसले प्रयोग गर्दा अधिकांश मानिसको प्रतिरक्षा प्रणालीलाई कोेरोना भाइरससँग लड्न सक्ने बनाउँछ । अथवा यो खोप लगाएपछि कोरोनाले मानिसलाई बिरामी बनाउन सक्दैन ।

औषधिको प्रयोगपछि लकडाउनको आवश्यकता नहुने पनि बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय