scheduleआइतवार जेष्ठ १८ गते, २०७७

प्रधानमन्त्रीको निष्कर्ष- भारतबाट आएको भाइरस कडा रहेछ

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको भाइरस अन्तको भन्दा कडा भएको निष्कर्ष सुनाएका छन् ।

मंगलबार संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि जवाफ दिनेक्रममा उनले यस्तो निष्कर्ष सुनाएका हुन् । उनले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताए ।

Dish_Home

उनले भने, ‘वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको थिएन । तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’

पछिल्लो समय भारतबाट आउने मानिसलाई रोक्न नसक्दा धेरैमा संक्रमण देखिएको उनले बताए । उनीहरु लुकेर बस्दा थप बढी समस्या भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको सरकारी बुझाई सार्वजनिक गरे ।

यो पनि-
कोरोनाले होइन, अन्य जटिलताले दुईजनाको मृत्यू भयोः प्रम ओली (भिडियो)
संसदमा बोल्दाबोल्दै प्रधानमन्त्रीलाई स्वास्थ्यका कारण असहज, बस्ने व्यवस्था मिलाइयो

हेर्नुहोस् भिडियो-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय