scheduleशनिवार मंसिर २० गते, २०७७

प्रदेश १ : साढे १२ हजारभन्दा बढीको परीक्षण, ५४ जना संक्रमित

मोरङ, ६ जेठ । प्रदेश एकमा हालसम्म साढे १२ हजारभन्दा बढीको परीक्षण गरिएको छ। जसमध्ये ३ हजार १ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ। त्यसैगरि, आरडीटी विधिबाट ९ हजार ४ सय ७३ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय कोरोना सूचना डेस्कले जनाएको छ ।

कोभिड १९ बाट संक्रमित हुनेको संख्या ५४ पुगेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रले जनाएको छ।

बैशाख ६ गते उदयपुरको भुल्केस्थित एक मस्जिदमा एकैपटक  १२ जना भारतीय नागरिक संक्रमित भएका थिए । यो संख्या  बैशाखमा ३५ जना पुगेको थियो जसमा उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जना संक्रमित  भएका थिए ।

हालसम्म प्रदेश एकको उदयपुरबाट ३३, झापाबाट १२, मोरङबाट ३, सुनसरीमा ३, भोजपुर, धनकुटा, र खोटाङबाट समान एकजनामा कोरोनाभाइरस कोभिड १९ पुष्टि भएको हो। संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay