scheduleआइतवार जेष्ठ १८ गते, २०७७

प्रधानमन्त्रीमा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियोः डा. भट्टराई

काठमाडौं, ६ वैशाख । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी ओलीको ३ घण्टा लामो स्पष्टीकरणको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सकिएपछि मंगलबार एक ट्वीट सन्देश जारी गर्दै उनले प्रधानमन्त्रीमा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको टिप्पणी गरेका हुन् ।
‘प्रधानमन्त्री केपी ओलीको तीन घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन,’ उनले लेखेका छन्, ‘कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो ।’

Dish_Home

उनले नक्साको हल्ला चलाएर यही कुशासनलाई निरन्तरता दिन लागिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनी भन्छन्, ‘लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो ।’

उनले नेपालमा अधिनायकवादको खतरा बढेको बताएका छन् । ‘कोरोनाको बेला आफ्नो अक्षमता लुकाउन संसारभर शासकहरूले पपुलिज्म र अधिनायकवादको आड लिंदैछन् । नेपालमा पनि त्यो खतरा बढ्दैछ,’ उनी लेख्छन्, ‘त्यता सतर्क रहँदै अब ध्यान कोरोनाको कहरतिर लगाऊँ । पहिलो, कसैको ज्यान नजाओस्; दोस्रो, कोही भोको नरहोस्; तेस्रो, कोही विदेशमा अलपत्र नपरोस्; चौथो, शिक्षा; पाँचौ,रोजगारी ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय