scheduleआइतवार जेष्ठ १८ गते, २०७७

विश्व स्वास्थ्य महासभामा मन्त्री ढकालकाे नेपाली भाषामा सम्बोधन

काठमाडाैं, ६ जेठ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले अङ्ग्रेजीमा आफ्नो मन्तव्य दिने गरेकामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठनको ७३औँ विश्व स्वास्थ्य महासभालाई नेपाली भाषामा नै सम्बोधन गरेका छन् ।

यसपटक कोभिड–१९ को कारणले स्विट्जरल्यान्डको जेनेभामा भएको महासभामा उनले गएराति नेपाली भाषामा सम्बोधन गरेका मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले जानकारी दिए ।

“मन्त्रीज्यूले आफ्नो भाषामा महासभालाई सम्बोधन गरे के हुन्छ भनेर हामीलाई सोध्नुभयो”, उनले भने, “हामीले पनि विभिन्न अन्तर्राष्ट्रिय अभ्यास हेर्दा हुन्छ भन्यौ ।”

Dish_Home

यसअघिका महासभामा नेपालबाट सहभागी मन्त्रीले अङ्ग्रेजीमा नै सम्बोधन राख्ने गरेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा चीन, भारतलगायत देशले आफ्नो भाषा प्रयोग गर्ने गर्दछ । सम्बोधनका क्रममा उनले कोभिड–१९ विरुद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका थिए । सोमबारदेखि शुरु भएको महासभा आज राति सकिँदैछ । कोभिड–१९ को कारणले महासभा यसपटक भर्चुअल भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय