scheduleशुक्रवार आश्विन ९ गते, २०७७

मृत शरीरबाट फैलन्छ त कोरोना भाइरस ?


एजेन्सी, ७ जेठ । कोरोना भाइरसका कारण मर्नेको संख्या दिनदिनै बढ्दै गइरहेको छ । संक्रमितको संख्या पनि उकालो लागिरहेको छ ।

तर अहिले विश्वमा यो स्वास्थ संकटबीच अर्को ह्रदयविदारकपूर्ण भावनात्मक संकट पनि देखिन थालेको छ । कोरोना कारण मृत्यु हुनेको परिवारजनहरुले आफ्ना प्रियजनलाई नजिकैबाट हेरेर छोएर अन्तिम बिदाई पनि दिन पाएका छैनन् । कतिपयले कोरोनाको संक्रमणलाई फैलिन नदिन आफ्नो संस्कारविपरित मृत्यु संस्कार सम्पन्न गरिरहेका छन् ।

शवलाई पीपीआई किट्सले बाँधेर अन्तिम संस्कार गरिदैँछ । मृतकको आफन्तहरुलाई रोग सर्ने त्रासका कारण नजिक जान दिइएको छैन । तर यो कति साँचो हो । के शवबाट संक्रमण सर्न सक्छ त ?

तर यो मानिसहरुको गलत धारणा मात्र हो । स्वास्थ रिपोर्टको अनुसार मानव शव कुनै पनि भाइरसको क्यारियर बन्न सक्दैन ।

मानिसको शरीरको तरल पदार्थ जस्तै रगत, थुक, र्यालमा भाइरस हुनसक्छ तर अन्तिम संस्कारका लागि शवको नजिक नै जानु हुँदैन भन्ने धारणा भ्रम मात्र हो ।

भाइरस पेन ड्राइभ जस्तै हो
द हिन्दू मा प्रकाशित एउटा रिपोर्ट अनुसार कलकत्ताका जीव विज्ञान क्षेत्रमा कार्यरत डा. अनिर्बान मित्राका अनुसार भाइरसले एउटा पेन ड्राइभले जस्तै काम गर्छन् । यसको यूएसबी कनेक्टर मात्र बाहिर हुन्छ । डाटा ट्रान्सफर गर्नका लागि ल्यापटप वा कम्प्युटरसँग यसलाई जोड्नुपर्छ । पेन ड्राइभमा जतिसुकै डाटा किन नहोस्,  युएसबी पोर्टमा यसलाई कनेक्ट नगरी कन यसको कुनै काम हुँदैन ।

डा. अनिर्बान मित्राका अनुसार कोरोना भाइरस भित्र आरएनए हुन्छ जुन एक किसिमको ब्लुप्रिन्ट हो । शरीरभित्र प्रवेश गरेपछि यसले आफ्नो संख्या बढाउँछ । यसो गर्नका लागि भाइरसको रिसेप्टर प्रोटिनसँग जोडिन आवश्यक छ । यसकारण शवभित्र कोरोना भाइरस छ भने पनि यो निस्क्रिय शरीरबाट फैलिन सक्दैन ।

कुनै पनि भाइरसले एउटा कोषिकाको सिस्टममा कब्जा गरिसकेपछि बायोमलिक्युल्स यानी जैविक अणु उत्पादन गर्छ । अन्तिममा त्यो कोशिका आफै फुट्छ र भाइरसको तत्व वा पार्टिकल्स फैलिन थाल्छ । कुनै नयाँ भाइरस बन्नका लागि उर्जा आवश्यक पर्छ । तर मृत शरीरमा उर्जा हुँदैन । यसकारण मानिसको शवबाट यो भाइरस फैलिन सक्दैन ।

तर विशेषज्ञहरु शवभित्रको तरल पदार्थमा भाइरस हुने हुँदा शवलाई चाँढै नै दाह संस्कार गर्नु पर्ने बताउँछन् । चिताको तापमान हजार डिग्रीसम्म हुने हुँदा भाइरस मर्ने उनीहरुको भनाई छ ।

त्यसो त भाइरले मृत कोषिकाभित्र पनि आफ्नो उत्पादनलाई जारी राख्न सक्छ । तर शरीरबाट हाच्छिउँ गर्दा, स्वास फेर्दा मात्र भाइरस शरीरबाहिर निस्कन्छ । तर शवले त्यसो गर्न नसक्ने हुँदा त्यसको खतरा हुँदैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय