scheduleसोमवार जेष्ठ १२ गते, २०७७

बेलायती महारानी बस्ने राजदरबारका रोचक तथ्य

एजेन्सी, ७ जेठ । बर्निंघम प्यालेसको नाम त तपाईले सुन्नु नै भएको होला । लण्डनस्थित यो महल बेलायती शाही परिवारको आधिकारिक निवास हो । बेलायतकी महामारी एलिजावेथ द्वितीय यहीँ महलमा बस्छिन् ।

तर तपाईलाई अचम्म लाग्न सक्छ कि यो दरबार उनको निजी सम्पत्ति भने होइन । यसमा बेलायती सरकारको अधिकार छ । यो महलसँग जोडिएका केही रोचक तथ्यहरु आज हामी तपाईसमक्ष साझा गर्दैछौं ।

Dish_Home

सन् १७०३ मा ड्युक अफ बर्निंघमले लण्डनमा बस्नका लागि एउटा विशाल टाउन हलको निर्माण गराएका थिए र त्यसलाई नै आज बर्निंघम प्यालेसको नामले चिनिन्छ । सन् १८७३ मा महारानी भिक्टोरियाले यसलाई आफ्नो आधिकारिक महल आवास बनाएकी थिइन् । उक्त प्यालेसमा बस्ने उनी पहिलो महारानी थिइन् ।

यो राजदरबारमा करिब ७७५ ओटा कोठाहरु छन् । जसमा ५२ ओटा शाही कोठाहरु छन् । यसको अर्थ त्यहाँ राजघारानाका मानिसहरु मात्र बस्न पाउँछन् । यो घरमा कूल १५१४ ढोका र ७६० ओटा झ्यालहरु छन् । यसबाहेक यहाँ ३५० भन्दा धेरै घडीहरु झुण्ड्याइएको छ ।

बर्निंघम दरबारको बेसमेन्टमा एउटा एटीएम पनि राखिएको छ । यो शाही परिवारको निजी एटीएम मसिन हो ।

बर्निंघम दरबारमा पहिलोपटक बिजुली सन् १८८३ मा राखिएको थियो । आज पनि यो भव्य विशाल महललाई उज्यालो पार्न ४० हजार बल्बहरु प्रयोग भएका छन् । बर्निंघम दरबारको बगैंचा बेलायतको सबैभन्दा ठूलो निजी बगैंचा हो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय