scheduleसोमवार जेष्ठ १२ गते, २०७७

प्रिमियर लिग: ६ जना खेलाडी तथा खेल पदाधिकारी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ, ७ जेठ । मार्चदेखि स्थगित रहेको प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी भइरहँदा ६ खेलाडी तथा खेल पदाधिकारी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । मिडिया रिपोर्टका अनुसार वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएन कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

त्यस्तै दुई जना खेलाडीबारे भने जानकारी दिइएको छैन । कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएसँगै उनीहरुको उपचारका लागि विशेष व्यवस्था मिलाइएको छ ।

Dish_Home

प्रिमियर लिग सुचारु गर्न मंगलबारदेखि खेलाडीहरुलाई पाँच जनाको समुह बनाएर अभ्यास गर्न अनुमति दिइएको थियो । तर, मंगलबार नै केही क्लबका खेलाडीहरुमा संक्रमण फेला परेको पुष्टि भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय