scheduleशनिवार मंसिर २० गते, २०७७

कोरोनाको जोखिम तथा राष्ट्रियताको सवालमा सरकारलाई सहयोग गर्छाैं : सांसद देव

काठमाडाैं, ७ जेठ ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रण तथा राष्ट्रियताको सवालमा सधै सरकारलाई सहयोग गर्न चाहेको स्पष्ट पारेको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले कोरोना भाइरसको सम्भावित जोखिम तथा राष्ट्रियताको सवालमा सरकारले काम नै नगरेको भन्ने कुरा प्रतिपक्षले नगरेको स्पष्ट पारे। नेपालको स्वाभिवमान, स्वतन्त्रता र नेपाली जनताको बाँच्न पाउने अधिकार महत्वपूर्ण भएको र विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनुपर्ने माग मात्र आफुहरुको रहेको उनले बताए ।

कोरोना भाइरसको जोखिमबाट नेपालको छिमेकी राष्ट्र भारतमा आठ लाख नेपाली, कुवेत, मलेशियालगायत देशबाट भोकमरी र कामविहीन भएका नेपालीलाई मात्र ल्याउनुपर्छ भन्ने विपक्षीको माग भएको उनले स्पष्ट पारे । सांसद देवले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टिन बनाउन आग्रह गर्दै विपद्का बेलामा प्रतिपक्षले सरकारलाई सहयोग गर्ने बताए।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामनारायण बिडारीले नेपाल–भारतको सिमानामा रहेको भूमि अन्तराष्ट्रिय कानून र कूटनीतिक पहलमार्फत जतिसक्दो छिटो फिर्ता गर्नुपर्ने सरकारलाई सुझाव दिए । उनले अन्तराष्ट्रिय कानूनअनुसार संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएको हुनाले सीमाको तथ्यका आधारमा नेपालको मिचिएको भूमि फिर्ता गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै अन्य राष्ट्रियसभा सदस्यहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका थिए । बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिमा सभापति परशुराम मेघी गुरुङले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरे । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लार्य प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियो’ भन्ने प्रस्ताव पेश गरे। राष्ट्रियसभाको अर्को बैठक यही जेठ १२ गते ११ बजे बजे बस्नेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay