scheduleसोमवार जेष्ठ १२ गते, २०७७

राप्ती स्वास्थ्य प्रतिष्ठानले कोरोना संक्रमणबाहेकको उपचार नगर्ने

दाङ, ७ जेठ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस  संक्रमणबाहेकको उपचार नगर्ने भएको छ। प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रदेश नम्बर ५ मा कोरोनाको संक्रमण उच्च भएपछि प्रतिष्ठानलाई कोरोना उपचारमा महत्व दिन अन्य उपचार हाललाई बन्द गरिएको हो ।

कोरोनाबाहेकको उपचारका लागि अन्य अस्पतालमा जान प्रतिष्ठानलले अनुरोधसमेत गरेको छ । कोरोना भाइरस संक्रमितको स्वास्थ्य उपचारमा केन्द्रित हुँदै प्रतिष्ठानले बुधबारदेखि अस्पतालको बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द गरेको हो।

Dish_Home

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका लागि चिकित्सक खटिनुपर्ने भएकाले सबै उपचार सेवा बन्द गरेको रजिष्ट्रार देवले बताए।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय