scheduleसोमवार आश्विन १२ गते, २०७७

थपिए ७ कोरोना संक्रमित

मोरङ, ७ जेठ । बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाका ५, धनकुटाका एक र धरानका १ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ७ जनासहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको बताइएको छ ।
विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केचनाका ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

यस्तै, धरान र धनकुटाका एक–एक जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा पहिलोपटक गत बैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय