scheduleसोमवार श्रावण १९ गते, २०७७

महामारीले पूँजीवादको आत्मघाती प्रवृत्तिहरूलाई सार्वजनिक गरेको छः नोम चोम्स्की

काठमाडौं, ८ जेठ । नोम चोम्स्की नवउदारवाद, साम्राज्यवाद र सैन्य-औद्योगिक-मिडिया जटिलताको आलोचकको रुपमा चिनिन्छन् । द ट्रि-कन्टिनेन्टल इन्सटीच्यूट फर सोसल रिसर्चका दुई विद्यार्थीहरू जिपसन जोन र जितेस पीएमले द वायरका लागि भाषाविद् तथा राजनीतिक अभियन्ता उनै चोम्स्कीसँग लिएको अन्तरवार्तामा आधारित भावानुवाद नेपाली सन्दर्भमा पनि उपयुक्त हुने विश्वास गर्दै साझापोस्टले प्रकाशन गरेको छ- ।

१. विश्वको धनाढ्य र शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरसको प्रसारलाई रोक्न किन असफल भयो ? यो राजनीतिक नेतृत्व वा प्रणालीको असफलता हो ? कोभिड-१९ को संकट बावजुद डोनाल्ड ट्रम्पको लोकप्रियता मार्चमा बढ्यो । तपाईलाई के लाग्छ यसले अमेरिकी चुनावलाई असर पार्नेछ ?

पछाडि फर्केर यो महामारीको जरा खोज्नु राम्रो कुरा हो । यो अनपेक्षित होइन । २००३ मा फैलिएको एसएआरएस महामारी फैलिएपछि एसएआरएस कोरोना भाइरसको अर्को प्रजातिको प्रकोप पनि फैलिनसक्ने वैज्ञानिकहरुले पहिले नै अनुमान गरेका थिए । तर ज्ञान पर्याप्त भएन । कसैले यसका लागि केही गर्नैपर्छ । औषधि कम्पनीहरुले रुची देखाएनन् । उनीहरुले बजारको संकेतलाई पच्छ्याए । फाइदा अन्यत्रै थियो । सरकारले यसमा केही गर्न सक्थ्यो तर उ पनि नवउदारवादको सिद्धान्तभित्र जेलिएको थियो ।

ट्रम्पले यसलाई अझ खराब अवस्थामा पुर्‍याउने काम गरे । उनले रोग नियन्त्रण केन्द्रलाई ढिला गरी कोष उपलब्ध गराए । रोगबारे अगाडि नै सचेतना दिनसक्ने सरकारी कार्यक्रमहरुलाई बन्द गरिदिए । यो बिमारको कारक भाइरसलाई चिनियाँ वैज्ञानिकहरुले चाँढै पत्तो लगाईसकेका थिए, भाइरसको जिनोमलाई सिक्वेन्स गरेका थिए र जनवरी १० सम्म आवश्यक सम्पूर्ण सार्वजनिक जानकारीहरु बाहिरी सकेको थियो ।

धेरै मुलुकहरुले एकैपटक प्रतिक्रिया दिए र यो समस्यालाई धेरै हदसम्म रोकथाम गरे । अमेरिकी गुप्तचर निकाय र स्वास्थ्य अधिकारीहरुको निरन्तर चेतावनीलाई ट्रम्पले बेवास्ता गरिरहे र त्यसलाई एउटा हैंजाको नाम दिएर त्यो आफै हराएर जाने भन्दै आफ्नो जिद्दीको बचाऊ गरिरहे । तर मार्चमा आएर यसप्रति उनले अलिक संवेदनशिलता देखाए जतिबेला धेरै ढिलो भईसकेको थियो । दशौं हजारौं अमेरिकीहरुले ज्यान गुमाईसकेका थिए र महामारी नियन्त्रण बाहिर गईसकेको थियो ।
यसकारण अमेरिकाले तीन किसिमको प्रताडना सहनु पर्‍यो- पूँजीवादी तर्क, पूँजीवादको बर्बर नवउदारवादी भेरियन्ट र सरकार जसलाई नागरिकको कुनै चासो नै छैन ।

जब राष्ट्रपतिले कुनै अडान लिन्छन्, उनको अडान स्वीकार्य हुँदा मात्र उनले उपलब्धि हासिल गर्छन् तर ट्रम्पको हकमा यो उपलब्धि चाँढै नै विलय भएर जानेछ । उनको अकर्मण्यता र आपराधिकताले उनको दोस्रो चुनावको सम्भावनालाई कमजोर बनाएको छ । तर नोभेम्बर अघि धेरै कुरा हुने सम्भावना छ ।

डिजिटल प्रविधि र राज्यको नियन्त्रणले धेरै मुलुकहरुले यो महामारीसँग लड्न सके तर विज्ञहरुले अधिनायकवादी नियन्त्रण र राज्यको निगरानी बढ्ने चिन्ता व्यक्त गरेका छन् । तपाई यसमा सहमत हुनुहुन्छ ?

विवादित शक्तिहरु छन् । व्यवसायिक विश्व र प्रतिक्रियावादी स्टाटिस्टहरु योसँग जोडिएका छन् उनीहरु डिजिटल प्रविधिमा थप अधिनायकवादी नियन्त्रण ल्याउन चाहन्छन् । लोकप्रिय शक्तिहरु स्वतन्त्र विश्वतिर अघि बढ्न चाहन्छ । अन्तिममा के हुन्छ भन्ने कुरा यी शक्तिहरुबीचको आन्तरिक खेलले निर्धारण गर्छ ।

वर्तमान अवस्थामा गरिबहरुको दुःखलाई समाधान गर्ने आर्थिक उपायहरु के के हुनसक्छन् ? के तपाई नयाँ सामाजिक प्रजातान्त्रिक दृष्टिकोणको सम्भावना देख्नुहुन्छ वा सरकारबाट अन्य सहयोग वा थप साधनाको नीति सरकारले अपनाउनुपर्छ ?

हामीलाई आवश्यक आर्थिक उपायहरु त थाहा छ तर हालको संकटबाट के कस्तो अवस्था उत्पन्न हुने भन्ने कुरा हामीलाई थाहा छैन । बितेको ४० वर्षदेखिको बर्बर पूँजीवाद र नवउदारबादको फाइदा लिनेहरु जो हालको महामारी र अन्य धेरै विपदाका लागि जिम्मेवार छन् उनीहरु अझै यो संकटबाट उत्पन्न हुने परिणामलाई पनि आफ्नो फाइदाका लागि यहीँ पूँजीवादी प्रणालीको अझ बर्बर संस्करणमा कसरी परिवर्तन गर्न सकिन्छ भनेर बनाउन लागिपरिरहेका छन् । यदि यसलाई रोक्न अर्को शक्तिशाली काउन्टर फोर्सको जन्म भएन भने उनीहरुको पुनः विजय हुनेछ । तर यी कुराहरु पूर्वनिर्धारित छैनन् ।

सम्भवतः योभन्दा गम्भीर अर्को महामारी पनि पूर्वानुमान गरिएको छ । जसलाई ग्लोबल वार्मिङले जन्माउनेछ । वैज्ञानिकहरुलाई कसरी तयार भएर बस्ने भन्ने थाहा छतर एक्सन लिन कोही तयार हुनुपर्छ । यदि हामीले हाम्रो आँखा अघि देखेको संकटबाट केही सिक्न सकेनौं भने परिणाम गम्भीर हुनेछ ।

लोकप्रिय शक्तिहरु आकार लिदैँछन् ताकी एउटा फरक र राम्रो विश्व बनाउन सकियोस् । यो अन्तराष्ट्रिय स्तरमा देखिरहेको छ । अमेरिकामा बर्नी स्याण्डर्स र युरोपमा यानीस भाराउफाकिसले प्रोग्रेसिभ इन्टरनेश्नलको स्थापना गरेर यो कुरा देखिन थालिसकेको छ । यसमा अहिले ग्लोबल साउथ पनि जोडिएको छ ।

हामीले एउटा कुरा दिमागमा के राखिराख्नु पर्छ भने यो संकट जति गम्भीर छ आगामी दिन त्यो भन्दा गम्भीर र खराब हुँदैछ । यो महामारीबाट बाहिर आउन हामीले डरलाग्दो मूल्य चुकाउनुपर्छ । धुव्रीय क्षेत्रमा पग्लिएका हिउँहरु पुरानो अवस्थामा आउन सक्दैनन्, न त हिमालय क्षेत्रका हिमनदी नै, न त ग्लोबल वार्मिङका अन्य गम्भीर असरहरु निको भएर जानसक्छन् । यदि विश्व अहिलेको आफ्नै गतिमा अघि बढिरहने हो भने दक्षिण एशिया जीव बसोबासका लागि अयोग्य हुनेछ । यो समय आउन धेरै छैन । हालैको वैज्ञानिक अध्ययनको अनुसार यदि हालकै गतिमा विश्व अघि बढिरहने हो भने यो अवस्था आगामी पचास वर्षमा आउनेछ ।

रोब वालेस जस्ता इपिडेमियोलोजिस्टहरु नाफाखोरी पूँजीवादी तर्कले वन्यजन्तुले पर्यावरणलाई अतिक्रमण गरेको हो भन्ने तर्क राख्छन् । यसले गर्दा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ जसले गर्दा मानिसम्म यो भाइरसहरु आइरहेको छ भन्ने उनीहरुको भनाई छ । यो अर्थमा पूँजीवादको संकट स्वास्थ संकटको रुपमा देखा परेको हो त ? र, मानिहरु अब के सामान्य अवस्थामा फर्किन सक्दैनन् त ?

उनी एकदम सही छन् । बस्तीको विनाश र अरक्षणीय जमिनको प्रयोगले यस्ता खतराहरुको जोखिम बढाउँछ नयाँ कोरोना भाइरस यसैको परिणाम हो । यो स्वास्थ्य संकटले खुल्ला साँढे जस्तो छोडिएको पुँजीवादकोे अत्महत्याको प्रवृतिलाई विश्वसामू उजागर गरेको छ । २००३ मा एसएआरएसको महामारीपछि वैज्ञानिकहरुले अर्को कोरोना भाइरस महामारीको जोखिमबारे चेतावनी दिएका थिए । त्यसका लागि तयारी बस्न सचेत पारेका थिए तर त्यस्तो कसले गर्ने र ?

धनाढ्य ठूला औषधि कम्पनीहरुसँग त्यो गर्नका लागि संशाधन थियो तर उनीहरु पूँजीवादको तर्कबाट ग्रसित थिए । यो गर्न नाफामुलक थिएन । सरकारले कदम चाल्न सक्थ्यो तर उनीहरु नवउदारवादी हैँजाबाट ग्रसित थिए । निजी शक्तिहरुले नियन्त्रण गरेको विश्वमा सरकारले हस्तक्षेप गर्न नसक्ने बताए । तर सरकारले धनी र कर्पोरेट क्षेत्रलाई उद्धार गर्न सक्छ । उनीहरुले नै सृजना गरेको संकटबाट जुन अहिले भइरहेको हामीले देखिरहेका छौं ।

सम्भवतः योभन्दा गम्भीर अर्को महामारी पनि पूर्वानुमान गरिएको छ । जसलाई ग्लोबल वार्मिङले जन्माउनेछ । वैज्ञानिकहरुलाई कसरी तयार भएर बस्ने भन्ने थाहा छतर एक्सन लिन कोही तयार हुनुपर्छ । यदि हामीले हाम्रो आँखा अघि देखेको संकटबाट केही सिक्न सकेनौं भने परिणाम गम्भीर हुनेछ ।

अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरुले विश्वको आधा सम्पति कब्जा गरेका छन् । जुनसुकै आर्थिक वर्गमा यी कम्पनीहरु पहिलो वा कहिलेकाँही दोस्रो स्थानमा आउने गर्छन् । अमेरिकालाई घृणा गर्नेको संख्या बढ्दैछ तर सबै अमेरिकासँग डराउँछन् र उविरुद्ध विश्व मन्चमा कुनै गम्भीर प्रतिस्पर्धी छैन ।

हामीलाई लाग्छ यो गर्न सरकार र ठूला फर्माबाट मात्र सम्भव हुन्छ  । तर यसबीच एउटा प्रश्न उठाउन अत्यावश्यक छ । सार्वजनिक सम्पत्तिबाट अनुदान प्राप्त ठूला फर्माहरु किन अस्तित्वमा छन् ? यदि उनीहरुले यस्ता संकटको बेला पनि पूँजीवादी तर्कलाई समात्छन् भने । त्यसलाई किन सार्वजनिकीकरण नगर्ने, किन श्रमित र समुदायको मातहतमा नल्याउने, कुनै पनि धनाढ्य वा निजी शक्तिको स्वार्थमा यसलाई लगाउन भन्दा सिंगो मानवजातीको हितमा किन नलगाउने ?

यो भाइरसविरुद्ध लड्न मुलुकहरुबीच ऐक्यबद्धताको खाँचो छ । तर यसबीच हामीले चीनविरुद्ध रंगभेदी र गैरनागरिकप्रति घृणा भाव अर्थात् जेनोफोबिक खेलहरु खेलिरहेको देखिरहेका छौं । डब्ल्युएचओलाई रकम सहायता बन्द गर्नु, इरान र भेनेजुएलामाथि प्रतिबन्ध लागू गर्नु, स्वास्थ्य उपकरण निर्माणका लागि प्रतिस्पर्धा गर्नु आदि । यी सबैलाई पेट्रिक ककबर्न अमेरिकी प्रभूत्वको अन्त्य मान्छन् । के तपाई सहमत हुनुहुन्छ ?

यो धेरै चहिँ ट्रम्प प्रशासनको कुरुप पक्ष हो र उनीहरुको साम्राज्यवादको घिनलाग्दो रुप हो । तर यहाँ अझै धेरै कुरा छ र विस्तारै खुल्दैछ । युरोपेली युनियनको नोट ‘युनियन’ लाई याद गर्नुहोस् । ईयुको सबैभन्दा शक्तिशाली र धनाढ्य मुलुक जर्मनीले यो संकटलाई सफलतापूर्वक व्यवस्थापन गर्दै आईरहेको छ । तर यसको नजिकै दक्षिण पटि पर्ने मुलुक इटाली यो महामारीका कारण एकदमै नराम्ररी थला परेको छ । के जर्मनीले इटालीलाई स्वास्थ सेवा उपलब्ध गराउँदैछ ? त्यस्तो अहिलेसम्म केही खबर आएको छैन । तर सौभाग्यवश इटलीले क्युबाबाट सहयोग पाइरहेको छ । पहिलोपटक वास्तविक अन्तराष्ट्रियभाव देखिएको छ । यो अवस्थामा यस्तो किसिमको अन्तराष्ट्रिय भावको आवश्यकता छ । स्वार्थीपनाले हामी सबैलाई सिध्याउँछ ।

निःसन्देह ट्रम्पले अमेरिकालाई गम्भीर चोट पुर्‍याइरहेका छन् । तर उनले अमेरिकाको प्रभुत्वलाई गम्भीररुपमा क्षति पुर्‍याउन सक्दैनन् जस्तो लाग्छ मलाई । सैन्य क्षेत्रमा अमेरिकाको शक्ति तुलना गर्न सकिन्न । उसको शक्ति त्यस्तै शक्तिशाली रहनेछ । अमेरिका मात्र त्यस्तो एउटा मुलुक हो जसले अरुलाई कडा प्रतिबन्ध लगाउन सक्छ । थर्ड पार्टीले जति नै विरोध गरे पनि उसले मान्नु नै पर्छ । जब अमेरिकाले इजरायल र प्यालेस्टाइनका लागि डिल अफ द सेन्चुरी सार्वजनिक गर्‍यो तब यो एउटा फ्रेमवर्क बन्यो जसलाई अरुले प्रयोगमा ल्याए । यदि कुनै अन्य मुलुकले यो ल्याएको भए प्रतिक्रिया कति हाँस्यास्पद हुने थियो । अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरुले विश्वको आधा सम्पति कब्जा गरेका छन् । जुनसुकै आर्थिक वर्गमा यी कम्पनीहरु पहिलो वा कहिलेकाँही दोस्रो स्थानमा आउने गर्छन् ।
अमेरिकालाई घृणा गर्नेको संख्या बढ्दैछ तर सबै अमेरिकासँग डराउँछन् र उविरुद्ध विश्व मन्चमा कुनै गम्भीर प्रतिस्पर्धी छैन ।

तस्बिरः Noam Chomsky in 2011. Photo: Andrew Rusk/Wikimedia Commons, CC BY 2.0

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय