scheduleसोमवार आश्विन ५ गते, २०७७

वाट्फोर्डका खेलाडी एड्रियन मारियापा कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, ८ जेठ । प्रिमियर लिग क्लब वाट्फोर्डका खेलाडी एड्रियन मारियापा कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो समय प्रिमियर लिग क्लबका सबै खेलाडी तथा पदाधिकारीहरुको कोरोना परीक्षण भएको थियो ।

मंगलबार कोरोना संक्रमित भएको पुष्टि भएको थियो भने परिचय भने खुलाइएको थिएन । तीन जना खेलाडीमध्ये मासियापाले आफु पनि संक्रमित भएको बताएका हुन् ।

त्यस्तै वाट्फोर्डका अरु दुई कर्मचारी पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । यस्तै बर्नलीका सहायक प्रशिक्षक इयान वोएन पनि संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण गएको मार्च १३ देखि प्रिमियर लिग स्थगित रहेको छ । आउने जुन महिनादेखि प्रिमियर लिग सुचारु गर्ने तयारी भइराखेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय