scheduleसोमवार जेष्ठ १२ गते, २०७७

सिरी ए का खेलहरु अगस्ट २० भित्र सक्नुपर्ने !

काठमाडौँ, ८ जेठ । मार्चदेखि स्थगित रहेको सिरी ए लगायत अन्य तीन लिगका बाँकी खेलाहरु सक्न इटालीको फुटबल फेडेरेशनले समय सिमा तोको छ । कोरोना भाइरसको स्थगित रहेको सिरी पुनः सुचारु गर्ने तयारी भइरहँदा फेडेरेशनले समय सिमा तोकेको हो ।

फेडेरेशनले आउँदो अगस्ट २० भित्र यो सिजनका खेल टुंग्याउने समयसिमा तोकेको छ ।

Dish_Home

नयाँ सिजन भने सेप्टेम्बर १ देखि सुरु गर्ने तयारी भएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।

सिरी ए मा १२ चरणका पूरै तथा अरु चार खेल हुन बाँकी छ । यस सिजनको उपाधि दौडमा अग्रस्थानमा युभेन्ट्स रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय