scheduleबुधवार आश्विन १४ गते, २०७७

सलमान खानले यसरी पनि गरिरहेका छन् गरिबहरुको सहयोग

काठमाडौँ, ८ जेठ । बलिउड अभिनेता सलमान खान यतिबेला पन्बेलमा रहेको आफ्नो फार्महाउसमा दिनहरु काटिरहेका छन् । उनी फार्महाउसमा रहे पनि यो लकडाउनका बखत उनले गरिब र अशक्तहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

उनले मजदुरहरुलाई आर्थिक सहयोग गरेको खबर केही हप्ता अगाडि प्रकाशित भएको थियो । उनको संस्था बिंइग ह्युमनले पनि यसविच ठुलो सहयोग र सहायता दिदै आइरहेको थियो ।

उक्त संस्थाले गरिबहरुलाई खाना खुवाउँदै आइरहेको छ ।

बिंइग ह्यांग्री लेखिएको एक ट्रक गरिबहरुलाई खाना बाड्दैँ गरेको तस्बिर पछिल्लो समय निकै चर्चामा रहेको छ ।

सहयोगको मामिलामा सलमान खान जहिले पनि अग्रसर देखिदै आइरहेका छन् । उनलाई सामाजिक सञ्जालमा धेरैले धन्यवाद समेत दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय