scheduleबुधवार आश्विन १४ गते, २०७७

सामाजिक दुरी कायम गरेर लिभरपुलका खेलाडीहरुले सुरु गरे ट्रेनिङ

काठमाडौँ, ८ जेठ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले सामाजिक दुरी कायम राखेर मेलउड ग्राउण्डमा अभ्यास सुरु गरेको छ । मार्चदेखि स्थगित रहेको प्रिमियर लिग जुन महिनादेखि सुरु गर्ने तयारी भएपछि लिभरपुलले पनि अभ्यास सुरु गरेको छ ।

समुहमा बनाएर अभ्यास गर्ने अनुमति पाएसँगै लिभरपुलले अभ्यास थालेको हो । लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले पहिलो दिनको स्कुलको झल्को आएको बताएका छन् ।

यस सिजनका ९२ खेलहरु अझै खेल्न बाँकी रहेका छन् ।

२९ खेलमा लिभरपुलले ८२ अंक जोड्दै लिगको शिर्षस्थानमा रहेको छ ।

यस सिजन २५ अंकको अग्रता बनाएको लिभरपुलले दुई खेल जिते यस सिजनको प्रिमियर लिग उपाधि जित्नेछ । प्रशिक्षक क्लप प्रिमियर लिग पुनः सुचारु हुने निर्णयलाई लिएर उत्साही रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय