scheduleमगलवार आश्विन १३ गते, २०७७

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यू भएको प्रदेश सरकारद्वारा पुष्टि

काठमाडौँ, ८ जेठ । कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले बुधबार पनि उनको मृत्यू भएको बताएका थिए । तर, अस्पतालले उनको खबरको खण्डन गरेको थियो ।
विहीबार पुनः मन्त्री बरालले एक विज्ञप्ति जारी गर्दै निधन भएको पुष्टि गरेका छन् ।

अवस्था गम्भीर बनेपछि अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि स्थिर थियो ।

‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ ।

मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय