scheduleमगलवार जेष्ठ १३ गते, २०७७

५१ लाख नाघे कोरोना संक्रमित, स्पेनमा लकडाउनविरुद्ध प्रदर्शन, यस्तो छ १० देशको अवस्था

वासिङ्गटन, ८ जेठ । संसारमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघेको छ । २० लाख ३४ हजारभन्दा बढी निको घएर घर फर्किएका छन् । मृतकको संख्या ३ लाख ३० हजार नाघेको छ ।

यसैबीच एचआईभीमाथि अनुसन्धान गरेका अमेरिकी वैज्ञानिक विलियम हेसलटाइनले कोरोनाको खोप यति छिट्टै सम्भव नभएको बताएका छन् ।

Dish_Home

रुसमा एक दिनमै ८८४९ जनामा संक्रमण भएको छ । त्यहाँ ३ लाख १७ हजारभन्दा बढी संक्रमित पुगिसकेका छन् ।

यसैबीच, स्पेनमा कोरोना भाइरसका कारण घोषणा गरिएको लकडाउनको विरोधमा सडकमा प्रदर्शन सुरु भएको छ । स्पेनको प्रधानमन्त्री पेड्रो सान्चेजले लकडाउन आगामी दुई हप्तासम्म लम्ब्याउने घोषणा गरेका छन् ।

उनले संसदबाट पनि यसको लागि मञ्जुरी लिइसकेका छन् । म्याड्रिडका रुष्ट नागरिकले राष्ट्रिय झण्डाका साथ सडकमा र्‍याली पनि निकालेका छन् । घरको भाडा बजाउँदै उनीहरुले विरोध जनाएका छन् ।

कोरोना भाइरसबाट अत्यधिक संक्रमण भएका १० देशहरु 

देशसंक्रमितको संख्यामृतकको संख्यानिको हुनेको संख्या
अमेरिका१५,९३,०३९९४,९४१३,७०,८१२
रूस३,१७,५५४३,००९९२,६८१
ब्राजिल२,९३,३५७१८,८९४१,१६,६८३
स्पेन२,७९,५२४२७,८८८१,९६,९५८
बेलायत२,४८,२९३३५,७०४उपलब्ध छैन
इटली२,२७,३६४३२,३२०१,३२,२८२
फ्रान्स१,८१,५७५२८,१३२६३,३५४
जर्मनी१,७८,५३१८,२७०१,५६,९००
टर्की१,५२,५८७४,२२२१,१३,९८७
ईरान१,२६,९४९७,१८३९८,८०८

स्रोतः https://www.worldometers.info/coronavirus/ 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय