scheduleआइतवार जेष्ठ १८ गते, २०७७

धुनीवेशीमा स्वास्थ्य कार्यालयका २ कर्मचारीमा आरडिटी पोजेटिभ

काठमाडौं, ८ जेठ । काठमाडौंको सिमानामा पर्ने धुनिवेशी नगरपालिकामा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत दुईजनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)को नतिजा पोजेटिभ देखिएको छ ।

बिहिबार स्वास्थ्य कार्यलयमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी २० जनाको आरडिटी परिक्षण गरिएको थियो । तीसमध्य २ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धुनीवेशीका प्रमुख ध्रुव अधिकारीले जानकारी दिए ।

Dish_Home

आरडिटी पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइने अधिकारीले जानकारी दिए ।

नमुना संकलन गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरुलाई क्वारेन्टाईनमा राखिएको प्रमुख अधिकारीले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय