scheduleमगलवार जेष्ठ १३ गते, २०७७

मजदूरहरुलाई हप्तामा चार दिन मात्र काम गर्न दिन चाहन्छुः प्रधानमन्त्री अर्डेर्न

वेलिङटन, ८ जेठ । न्युजिल्यान्डकी प्रधानमन्त्री जकिन्दा अर्डेर्नले मजदूरहरुलाई हप्तामा चार दिन काम गर्न दिन चाहेको बताएकी छिन् ।

देशको पर्यटन व्यवसायको प्रवद्र्धन र मजदुरहरुको हितका लागि हप्तामा चार दिन काम गर्न दिनु आवश्यक भएको उनको भनाइ रहेको छ ।

Dish_Home

कोरोनाभाइरसका कारण मानिसहरुलाई घर बाहिर हिडडुल गर्न प्रतिबन्ध लगाइएकाले धेरै क्षेत्र नराम्ररी प्रभावित भएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् भएको प्रत्यक्ष प्रसारणका क्रममा उनले कामका लागि लचकता अपनाउनु पर्नेमा जोड दिएकी छिन् ।

कोरोनाभाइरसबाट बच्न अपनाउनु पर्ने उच्च स्वास्थ्य सतर्कताका बारेमा लकडाउनका बेला आम नागरिक शिक्षित भइसकेको पनि उनको भनाइ छ ।

राष्ट्रिय सीमा नाकाहरु बन्द नै राख्ने र काममा लचकताको व्यवस्था गर्दै देशभित्र घुमघाम गर्न दिनु उपयुक्त हुने प्रधानमन्त्रीको निश्कर्ष छ ।

उनले हप्तामा चार दिन काम गर्न दिनका लागि आफुलाई धेरै मानिसले सुझाव दिइरहेको पनि जानकारी दिइन् । एपी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय