एप्पलले जारी गर्यो आईओएस १३.५ को अपडेट, मास्क लगाउँदा नि अनलक हुन्छ फोन
एजेन्सी, । कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले सबैले मास्कको प्रयोग गर्छन् । तर यसले मोबाइलमा भएको फेस अनलक खोल्न धेरै झन्झटिलो बनाएको छ । तर अब तपाईले चिन्ता लिनु पर्दैन । तपाई एप्पलको डिभाइस प्रयोग गर्नुहुन्छ भने एप्पलले आईओएस १३.५ अपडेट जारी गरेको छ ।
यसमा तपाईले दुईओटा फाइदा पाउनुहुन्छ । पहिलो फाइदा भनेको तपाईले फेसमास्क लगाएरै पनि फोन अनलक गर्नसक्नुहुन्छ । अर्को भनेको एप्पल र गुगलले तयार गरेको एक्सपोजर नोटिफिकेसन एपीआई पनि छ । यो एपीआईले कोरोना कन्ट्याक्ट ट्रयाकिङ एपलाई सपोर्ट गर्दछ ।
यसअघिको आईओएसको भर्सनले फेस मास्कलाई सपोर्ट गर्दैन थियो र अनलक हुन धेरै समय लाग्दथ्यो । तर अब मास्क लगाएरै आईफोन अनलक गर्न सजिलो हुनेछ ।