scheduleशुक्रवार श्रावण ३० गते, २०७७

किन विरोध भइरहेको छ हङकङलक्षित चिनियाँ नयाँ कानूनको ?


एजेन्सी, ९ जेठ । हङकङलाई लक्षित गर्दै चीनले सुरक्षासम्बन्धि नयाँ कानून ल्याउने भएको छ । यस अन्तर्गत नागरिकहरुको राजद्रोह तथा विरोध गर्ने अधिकार खोसिनेछ ।

तर हङकङ र अन्तराष्ट्रिय जगतमा नै यो कानूनलाई लिएर विरोध भइरहेको छ । गत वर्ष पनि हङकङमा लोकतन्त्र समर्थक जनताले महिनौं भरी विरोध गरेका थिए ।

शुक्रबारबाट चीनको संसद सत्र सुरु हुँदैछ । सत्रमा यस कानूनमाथि बहस हुनेछ । कोरोना भाइरसका कारण यो सत्र ढिलो सुरु भएको हो ।

बेलायतले जब हङकङको स्वयत्ता चीनलाई १९९७ मा चीनलाई सुम्पिएको थियो । तब केही कथित कानून बनाइएका थिए जस अन्तर्गत हङकङलाई केही विशेष स्वतन्त्रता दिइएको थियो जुन स्वतन्त्रता चीनका जनताले हासिल गरेका थिएनन् ।

उक्त नयाँ कानुनको प्रस्तावको घोषणापछि बिहीबार हङकङमा डलरको मूल्यमा गिरावट आएको छ । हङकङको कानुनी व्यवस्थामा सुधारका लागि यो कानून प्रस्ताव गरिएको चीनको दावी छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय