scheduleसोमवार जेष्ठ १२ गते, २०७७

चिकित्सकको चेतावनी- मानसिक बिमारीको बाढी आउनसक्छ

काठमाडौं, ९ जेठ । विश्वभरीका मनोचिकित्सकहरुले लकडाउनका कारण पैदा भएको समस्याले मासिक समस्याको बाढी नै ल्याउने चेतावनी दिएका छन् ।
यस्ता समस्या विशेषगरी बच्चा र वृद्धाहरुमा देखिने चिकित्सकहरुले बताएका छन् ।

विद्यालय बन्द भएर एकान्तमा बसेका बालबालिकाहरुको दैनिक कार्यतालिका परिवर्तन भएको छ । मनोचिकित्सकहरुको एउटा सर्वेक्षणले अस्पतालहरुमा मानिसक स्वास्थसँग सम्बन्धित आपतकालीन मामिलाहरु बढेको पाएको छ ।

Dish_Home

यस्तै नियमित चेकअपका लागि अस्पताल जानेहरुको संख्या पनि बढेको छ । रोयल कलेज अफ साइक्याट्रिस्टका प्रमुख प्राध्यापक बेन्डी बर्नका अनुसार कोभिड १९ कारण मानिसहरुको मानसिक स्वास्थमा ठूलो असर परेको छ र धेरै मानिसहरुलाई तत्काल सहयोग र परामर्शको आवश्यकता छ ।

तर लकडाउनका कारण तत्काल सहयोग दिन नसक्दा मानसिक स्वास्थले विकराल रुप लिन थालेको छ र लकडाउन समाप्त हुँदासम्म यो ठूलो बाढी बनेर अघि देखापर्ने मनोचिकित्सकहरुको चिन्ता छ ।

बेलायतमा १३ सय जनामाथि गरिएको सर्वेक्षणमा ४३ प्रतिशत आपतकालिन मामिला बढेको छ भने ४५ प्रतिशत रुटिन चेकअपका लागि आउनेहरुको बिमारीहरुसँग संख्यामा गरावट आएको छ ।

तस्बिरः पिक्जाबे

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय