scheduleआइतवार जेष्ठ १८ गते, २०७७

अमेरिकामा कोरोना भाइरस, संक्रमितको संख्या १६ लाख नाघ्यो

काठमाडौँ, ९ जेठ । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन १ हजार ३७८ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ९६ हजार ३१४ पुगेको छ ।

त्यस्तै विहीबार २८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १६ लाख २० हजारभन्दा बढी पुगेको छ ।

Dish_Home

३ लाख ८२ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १६ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधीको प्रयोगलाई बढावा दिएका छन् । तर अध्ययनहरुले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानी गर्ने बताएका छन् ।

आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः राखेका छन् । उनले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र -जि७- को शिखर सम्मेलनमा नेताहरुको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताए ।

‘म यो सम्मेलन वासिङ्टन डिसीको क्याम्प डेभिडमा गर्ने विचार गर्दैछु,’ उनले भने, ‘अरु नेताहरु पनि सहभागी हुनु हुनेछ । यो सबैका लागि ठूलो संकेत हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय