scheduleआइतवार जेष्ठ १८ गते, २०७७

ब्राजिलमा कोरोना भाइरस, हालसम्म २० हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, ९ जेठ । ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन १ हजार १५३ जनाभन्दा बढी संक्रिमतको मृत्यु भएको छ । योसँगै ब्राजिलमा हालसम्म २० हजार ०४७ जनाभन्दा बढी संक्रमितको ज्यान गएको छ ।

त्यस्तै संक्रमितको संख्या ३ लाख १० हजारभन्दा बढी पुगेको छ । विहीबारमात्रै २१ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै एक लाख १ लाख २५ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

Dish_Home

त्यस्तै ब्राजिलमा कोरोना महामारी तिव्रतामा फैलिइरहेको छ । ब्राजिल अत्यधिक कोरोना संक्रमित हुने तेसे देश हो ।

ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताएका छन् । शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय