scheduleबुधवार आश्विन १४ गते, २०७७

जर्मन क्लबका थप दुई जना खेलाडी कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, ९ जेठ । जर्मनीको दोस्रो डिभिजन क्लब डाइनामो ड्रेसडेनका एक जना खेलाडी र एक जना क्लब स्टाफमा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । यसअघि पनि डाइनामोका दुई खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएको पुष्टि भएसँगै सम्पूर्ण खेलाडी र स्टाफलाई आइसोलेसनमा राखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार सानो समुह बनाएर खेलाडीले शनिबारबाट प्रशिक्षण थाल्ने भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय