scheduleबुधवार आश्विन १४ गते, २०७७

‘म बार्सिलोनामा नै खुसी छु’

काठमाडौँ, ९ जेठ । बार्सिलोनाका स्टार खेलाडी अर्टुरो भिडाल इन्टर मिलान जाने खबर बाहिर आएको थियो । तर, उनले आफु बार्सिलोनामा नै खुसी रहेको बताएका छन् । पुर्व युभेन्ट्सका प्र्रशिक्षक एन्टोनियो कोन्टे यतिबेला इन्टर मिलानका प्रशिक्षक रहेका छन् ।

भिडाललाई अनुबन्ध गर्न कोन्टेले चाहेको मिडिया रिपोर्टमा उल्लेख छ । भिडालले भनेका छन्, ‘म बार्सिलोनामा नै खुसी छु । म यही नै निरन्तर खेल्न चाहन्छु । आउने खेलका लागि पनि म पुर्णरुपमा तयार रहेको छु ।’

उनी अगाडि भन्छन्, ‘मेरो यहाँ धेरै मिल्ने साथीहरु छन् । खेल्ने वातावरण पनि उत्तिकै राम्रो रहेको छ । म शारिरीक रुपमा फिट रहेको छु । आफुलाई तयार पार्न मैले यतिधेरै समय यसअघि पाएको थिइन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय