scheduleबुधवार आश्विन १४ गते, २०७७

सिमेडोलाई अनुबन्ध गर्न यी क्लबहरुले देखाए चासो

काठमाडौँ, ९ जेठ । बार्सिलोनाका खेलाडी नेलसन सिमेडोलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी, युभेन्ट्स र पिएसजीले अग्रसरता देखाएका छन् । त्यस्तै बायर्न म्युनिखले पनि उनलाई अनुबन्ध गर्न चासो देखाएको छ ।

बार्सिलोनाका युवा खेलाडी सिमेडो पछिल्लो समय क्लब छोड्ने खबर बाहिर आइरहँदा उनलाई अनुबन्ध गर्न क्लबहरुले चासो देखाएका हुन् ।

बार्सिलोना नयाँ केही खेलाडीहरु अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

नयाँ खेलाडी अनुबन्ध गर्ने तथा केही खेलाडीहरुलाई अफलोड गर्ने प्रक्रियामा रहेको बार्सिलोना नयाँ रणनीतिको तयारीमा रहेको समिक्षकहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय