scheduleशनिवार जेष्ठ १७ गते, २०७७

कोभिड-१९ : विश्वभरका २० लाख ७८ हजार निको भए

काठमाडाैं, ९ जेठ ।  कोरोना भाइरसका कारण संक्रमित बनेका विश्वभरका २० लाख ७८ हजार मानिस निको भएका छन् । सङ्क्रमित धेरै भएको अमेरिकामा निको हुनेहरु पनि सबैभन्दा धेरै ३ लाख ८२ हजार छन् । अमेरिकामा १६ लाख १९ हजार सङ्क्रमित छन् ।

रुसका ३ लाख १७ हजार सङ्क्रमित मध्ये ९२ हजार निको भएर घर फर्किएका छन् । ३ लाख १० हजार सङ्क्रमित भएका ब्राजिलमा १ लाख २५ हजार निको भएका छन् ।

Dish_Home

भारतमा १ लाख १८ हजार सङ्क्रमित हुँदा ४८ हजार ५ सय निको भएर फर्किएका छन् । विश्वभर ३ लाख ३४ हजार मानिसको भने मृत्यु भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय