scheduleसोमवार आश्विन ५ गते, २०७७

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बिहान १० बजेबाट सुरु भएको बैठकमा संविधान संशोधनको प्रस्ताव, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउनेलगायत विषयमा छलफल भैरहेको छ ।
निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले आजको बैठकले उक्त प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ।

नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन गर्नुपर्ने बाध्यता छ। अघिल्लो मन्त्रिपरिषदको बैठकले सुगौली सन्धी अनुसारको नेपालको अन्तराष्ट्रिय सीमा कायम गर्दै नयाँ नक्सा जारी गरेको छ ।

नेपालको निशान छापभित्र रहेको नेपालको नक्सा परिवर्तन गरेर नयाँ सार्वजनिक नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न संसदमा प्रस्ताव आउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका थिए ।

यस्तै बैठकमा लकडाउनको मोडालिटी र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने विषयबारे पनि छलफल हुने बुझिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय