scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कपिलवस्तुका दुई पत्रकारलाई पनि कोरोना पुष्टि

काठमाडौं । कपिलवस्तुका २ जना पत्रकामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएकामध्ये दुईजना पत्रकार रहेको खुलेको हो ।

दुईजना पत्रकारमा पनि संक्रमण पुष्टि भएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिएका छन् ।

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका थिए । एकजना वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।

Dish_Home

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान अद्यावधिक गरेको विवरणअनुसार कपिलवस्तुमा नौ जनामा संक्रमण देखिएको थियो ।

अन्य सात जनामा वाणगंगा नगरपालिका ७ का २५, २७, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू तथा आठ वर्षीया बालिका छन् ।

आठ वर्षीया बालिका यसअघि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी ६ वर्षीया बालिकाकी छिमेकी तथा साथी हुन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय