scheduleआइतवार जेष्ठ १८ गते, २०७७

गुल्मीका कोरोना संक्रमितको शव अझै उठेन

बुटवल, ९ जेठ । गुल्मीको मदानेका कोरोना संक्रमित शिक्षकको शव अझै उठ्न सकेको छैन । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका उनको उपचारको क्रममा बिहीबार मृत्यु भएको थियो ।

जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको हो ।

Dish_Home

मृतकको परिवारका सदस्यले छानबिन र न्यायको प्रत्याभूति नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

बिरामीको ढाडबाट पानी निकाल्दा पनि केका लागि हो आफूहरूलाई कुनै जानकारी नदिएको भन्दै मृतकका भाइले ढाडबाट पानी निकालेपछि नै दाइ बेहोस भएको बताए । ढाडबाट पानी ननिकाल्दासम्म दाइको अवस्था राम्रै रहेको,पाउरोटी र दूध आफैँ खाएको उनले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय