scheduleआइतवार जेष्ठ १८ गते, २०७७

सर्लाहीमा थप १५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २० पुग्यो

एसपी यादव/सर्लाही, ९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान ९ बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार सर्लाहीमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो ।

सर्लाहीको सदरमुकाम मलङ्ग्वादेखि पश्चिम दक्षिण क्षेत्रमा पर्ने गोडैता नगरपालिकामा १४ जना र रामनगर गाउँपालिकामा १ जना गरी जम्मा १५ जनामा कोरोना भाइरसको संक्रमण रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी गराएका छन् ।

Dish_Home

पुष्टि भएका संक्रमितहरु रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिनअगाडि मात्र भारतबाट उनीहरु आफ्नो घर सर्लाहीस्थित गोडैता नगरपालिकामा आएका थिए । सर्लाहीका प्रजिअ जिसिका अनुसार, उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र नगरपालिकाको क्वारेन्टाइनमै राखिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका अधिकांश व्यक्तिहरु गोडैता नगरपालिकाको वडा नं. ११ मा पर्ने सिसौटियाका रहेको उनले जनाए ।

यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर २० पुगेको छ । यसअघि सर्लाहीमा पाँचजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय