scheduleमगलवार जेष्ठ १३ गते, २०७७

डिस्चार्ज भए कोरोनाले आमा गुमाएका १६ दिने शिशु

काठमाडौं, ९ जेठ । धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शिशुको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले  जानकारी दिए।

Dish_Home

शिशुको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो।

अस्पतालले शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न आग्रह गरेको छ। साथै क्वारेन्टिनबाट घर जानुअघि पनि आरडिटी परीक्षण गर्न र त्यसमा पोजेटिभ देखिए फेरि पिसिआर गर्ने अस्पतालले जनाएको छ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको थियो ।

गत वैशाख २४ गते उनले काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय