scheduleमगलवार जेष्ठ २० गते, २०७७

निशान छापमा नक्सा फेर्न संसदमा दर्ता भयो संविधान संशोधन प्रस्ताव

काठमाडौँ, ९ जेठ । संसद्‌मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्नका लागि उक्त प्रस्ताव दर्ता गरिएको हो । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी संघीय संसदको विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार संविधानको अनुसूची-३ को निशाना छाप संशोधन गर्न प्रस्ताव दर्ता भएको हो । सरकारले भारतद्वारा अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि निशान छाप पनि परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

Dish_Home

संविधानको अनुसूची-३ मा निशान छापसम्बन्धी व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधनको क्रममा यसबारे जानकारी दिएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय