scheduleसोमवार जेष्ठ १२ गते, २०७७

९८ यात्रु सवार विमान पाकिस्तानमा दुर्घटनाग्रस्त

कराँची, ९ जेठ । पाकिस्तान इन्टरनेशनल एयरलायन्सका एक यात्रुवाहक विमान शुक्रबार कराँच आसपास दुर्घटनाग्रस्त बनेको छ । लाहौरबाट कराँची आइरहेको दुर्घटनाग्रस्त विमानमा ९८ यात्रु सवार थिए ।

जिन्ना इन्टरनेशनल विमानस्थल नजिकै भएको दुर्घटना भएको विमानमा प्राविधिक समस्या आएको बताइएको छ । विमान दुर्घटनाका केही तस्बिरहर सार्वजनिक भएका छन् । विमान खसेको घरमा आगलागी भएको छ ।

Dish_Home

कयौं घरबाट धुँवा निस्किरहेका छन् । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार कयौं परिवार यी घरहरुमा फसेका छन् । दुर्घटनाबाट भएको मानवीय क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय