scheduleसोमवार मंसिर १५ गते, २०७७

भक्तपुर र हेटौंडामा कोरोना संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५१६

काठमाडौं, ९ जेठ । उपत्यकाको भक्तपुर र मकवानपुरको हेटौंडा लगायतका स्थानमा थप ९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका नमूनामध्ये हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुर-९ का ४२ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हैटौंडामा गरिएको परीक्षणमा बाराको सिमरनगढ नपाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको । मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay