scheduleमगलवार जेष्ठ २० गते, २०७७

भेटेरिनरी सेवाकाे आवश्यक व्यवस्था तत्काल मिलाउन सर्वोच्चको आदेश

काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले भेटेरिनरी सेवालाई आवश्यक सूचिमा राख्न आवश्यक व्यवस्था तत्तकाल मिलाउन सरकारकाे नाममा अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनको तर्फबाट अध्यक्ष डा शितलकाजी श्रेष्ठले गएकाे बैशाख २८ गते दर्ता गरेकाे रिट उपर निवेदनमा विपक्षीलाई बोलाई गरेर सर्वाेच्चले यस्ताे आदेश  दिएकाे हाे ।

Dish_Home

न्यायधिशहरु सपना प्रधान मल्ल र हरि प्रसाद फुयालको संयुक्त इजलाशले सरकारकाे नाममा आदेश जारी गरेकाे हाे ।

लकडाउनकाे समयमा पनि अति आवश्यक भेटेरिनरी सेवा बन्द भएकोले सरकारकाे नाममा अन्तरिम आदेश जारी गर्नुपरेकाे सर्वाेच्चले जनाएकाे छ ।

लकडाउनका कारण पशुहरुले रोग र पिडाबाट पाउनु पर्ने मुक्तिको सुनिश्चितता नभएकाे र पौष्टिक भोजन तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि पशुपालन व्यवसाय समस्यामा परेकाेले सरकारकाे नाममा अन्तरिम आदेश जारी गर्नुपरकाे आदेशमा भनिएकाे छ ।

निवदकको तर्फबाट अधिवक्ताहरु मुकुन्द अधिकारी, रवि नारायण खनाल, टिकाराम भट्टराई, अमर राउत, महेश्वर श्रेष्ठ, सन्तोष भण्डारी, कमल कोइराला र लक्ष्मी नानी थापाले दायर भएकाे रिटमा बहस गरेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय