scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

महासेनानी भुपालमान अधिकारीले करीब २ करोड अनियमितता गरेको ठहर

काठमाडौं, ९ जेठ । सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा तीन जना सैनिक अधिकृत र दुई जना अन्य दर्जाका कर्मचारी दोषी ठहर भएका छन् ।
नेपाली सेनाको समरी जनरल अदालतले उनीहरुलाई झण्डै २ करोड रुपैयाँ अनियमितता गरेको ठहर गर्दै बर्खास्त गरेको छ ।

सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा अनियमितता गरेको कसूरमा महासेनानी भुपालमान अधिकारी, प्रमुख सेनानी देवबहादुर क्षत्री, लेखाका सह–सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई दोषी ठहर भएका हुन् ।

यस्तै यज्ञविनोद पोखरेल र गणेशबहादुर अधिकारी पनि दोषी ठहरिएका छन् । सैनिक कल्याणकारी कोषको लगानीमा चलाइएको सैनिक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै जंगीअड्डामा उजुरी परेको थियो । त्यसपछि एक जना सहायक रथीको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वायरी बोर्डले तत्कालीन सम्पर्क अधिकृत अधिकारीसहित १८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तीमध्ये १३ जनाले अभियोगबाट सफाइ पाएका सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

फैसला अनुसार अधिकारी भविष्यमा सरकारी सेवाका लागि लागि अयोग्य नठहरिने गरी हटाइएका हुन् । उनलाई दुई महिना कैद गर्न आदेश भएको छ । अदालतको फैसलामाथि चित्त नबुझे दोषी ठहरिएका अधिकृत तथा कर्मजारीले विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay