scheduleबुधवार आश्विन १४ गते, २०७७

मजदूरहरुको मसिहा अभिनेता सोनू सूद अब संघर्षरत कलाकारको आशा केन्द्र


एजेन्सी, १० जेठ । मुम्बई र त्यस वरिपरीका क्षेत्रहरुमा बसोबास गर्दै आईरहेका प्रवासी श्रमिक तथा मजदूरहरुलाई सुरक्षितरुपमा उनीहरुको घर पुर्‍याइदिएका बलिउड अभिनेता सोनू सूद अहिले धेरैको आशाको केन्द्र बनेका छन् । सोनू सूदको यस अभियानमाथि अब बलिउडका धेरै संघर्षशील कलाकारहरु पनि आशाको दृष्टिले हेर्न थालेका छन् ।

लकडाउनका कारण शूटिङ बन्द भएर बेकार बसेका धेरै कलाकारहरु अहिले आफ्नो घरसम्म पुग्न सोनू सूदको बाटो हेरिरहेका छन् । ती कलाकारहरुले सोनूसँग घरसम्म पुर्‍याइदिन मद्दत समेत मागेका छन् ।

सोनू सूद आजभोलि सामाजिक सञ्जालहरुमा खूब सक्रिय छन् र आफूलाई सहयोग माग्ने हरेकको कष्टलाई सम्बोधन गरिदिँदैछन् ।

गत बुधरबार एक संघर्षशील कलाकार मनिषले सोनूलाई सम्बोधन गर्दै आफ्नो घरसम्म पुर्‍याइदिन आग्रह गरे । सोनूले उक्त पोस्टलाई सकरात्मकरुपमा लिएर एउटा असली जीवनको अभिनेताले जस्तै उत्तर लेखेर घर पुर्‍याइदिने बाचा गरे ।

मुम्बाईमा बसोबास गर्दै आइरहेका सयौं प्रवासी मजदूरहरुलाई सोनूले उनीहरुको घर पठाइसकेका छन् र उनको यो कार्य अझै जारी छ । मानिसहरुले उनलाई भग्वान्, सुपरहिरो, बजरंगी भाइजानका नामबाट पुकार्न थालिसकेका छन् ।

सोनूले प्रवासी मजदूर तथा विद्यार्थीहरुका लागि बसको तयारी गरेर उनीहरुलाई घरसम्म पुर्‍याएका छन् । सोनूले कोरोना महामारी सुरु भएदेखि नै यस्ता कार्य गर्दै आइरहेका छन् । उनले मुम्बाई स्थित आफ्नो होटल चिकित्सक तथा स्वास्थकर्मीहरुलाई खोली दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय