scheduleमगलवार जेष्ठ २० गते, २०७७

भारतमा कोरोना कहरः ९ जना आप्रवासी मजदूरको शव इनारबाट बरामद


एजेन्सी, १० जेठ । कोभिड-१९ सँग जोडिएको हैदरावादको आप्रवासीको एउटा घटनाले निकै दुःखलाग्दो मोड लिएको छ । हैदरावादको वाराङ्गलस्थित गिसुगोन्डा मण्डल गाउँको एउटा चिस्यान केन्द्र नजिक रहेको इनारबाट शुक्रबार ९ जनाको शव बरामद भएको छ ।

मृतकमध्ये ६ जना पश्चिम बंगालबाट आएका थिए । महामारीका कारण लागू भएको लकडाउनबाट उत्पन्न भोकमरी सहन नसकेर उनीहरुले आत्महत्या गरेको बताइएको छ ।

यसअघि सुरुवातमा बिहीबार राती सोही इनारबाट चारजनाको शव निकालिएको थियो । प्रहरीले थप अनुसन्धान गर्दै जाँदा अन्य ९ शव शुक्रबार फेला परेको हो । उक्त शव पश्चिम बंगालका मक्सूद आलम, उनकी श्रीमती निशा, छोरी बुसारा खातुन, तीन वर्षका नाति शकिल छोराहरु सोहेल र सबाद रहेका छन् ।

Dish_Home

मक्सुद र उनकी श्रीमती निशा दुई दश अघि कामको खोजीमा पश्चिम बंगालबाट आन्द्रा प्रदेश आएका थिए । गत मार्चमा लकडाउन घोषणा हुनसम्म उनीहरु जुट ब्याक उद्योगमा काम गर्दै थिए ।

अन्य दुई शव भने त्रीपूराका शकिल एहमद र बिहारका दुईजना श्रीराम र श्याक नामका व्यक्तिहरुको रहेका छन् ।

तेलंगना र आन्द्र प्रदेशमा ठूलो संख्यामा अड्किएका प्रवासी श्रमिक कामदारहरु सयौं किलोमिटर पैदल हिँडेर आफ्नो घर फर्किरहेका छन् ।

इनार फाल हानेर आत्महत्या गर्ने ती सबै जूट मिल अन्य उद्योगमा काम गर्ने कर्मचारी भएको ठहर गरिएको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय